Logo

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज स्कुल अफ ल मा सिलबन्दी गरेको छ । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि महानगरपालिकाले आज सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्र्तगतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागितामा उक्त विद्यालयमा सिलबन्दी गरिएको बताईएको छ ।

 


सम्बन्धित समाचार