Logo

१३ भदौ,सेढवा । टाउको छिनालिएको अवस्थामा पर्सामा फेला परेको युवतीको शबको टाउको पनि फेला परेको छ । पर्साको जिराभवानी गाउँपालिका– ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ सात बजेको समयमा युवतीको शव फेला परेको थियो । शबको टाउको प्रहरीले आज फेला पारेको हो ।

टाउको सोही खोलाको डिलमा भेटिएको र टाउकोको छाला र मासु कुहिएकाले पहिचान हुन नसकेका प्रहरीले जनाएको छ । हिजो मात्र खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोलीले टाउको नभएको घाँटीभन्दा तल मात्रै शरिर भएको शवलाई नियन्त्रणमा लिइ पोष्टमार्टमको लागि काठमाण्डौँ पठाएको छ । खोलाको डिलमा बरामद युवतीको टाउकोलाई पनि पोष्टमार्टमका लागि काठमाण्डौँ पठाउने तयारी भईरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार