Logo

१३ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्र अवैध रुपले सञ्चालित विद्यालय तथा कलेज धमाधम बन्द गराउन सुरु गरेको छ । महानगरपालिकाले अवैध तरिकाले सञ्चालनमा रहेको फेला पारेपछि आज मात्र तीन वटा विद्यालयमा सिलबन्दी गरेको छ ।

महानगरले वीरगञ्ज १३ स्थित वीरगञ्ज स्कुल अफ ल, वीरगञ्ज ११ स्थित ईम्पेरियल कलेज र वीरगञ्ज५ रेशमकोठीस्थित बिजि बिज किड्स प्रि प्राइमर स्कुलमा सिलबन्दी गरेको हो । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि महानगरपालिकाले उनीहरुलाई कारवाही गरेको हो । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले अनुमति नलिई अवैध रुपले संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्र्तगतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागितामा उक्त विद्यालयमा सिलबन्दी गरिएको बताईएको छ ।


सम्बन्धित समाचार