![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/piplab.png?fit=1200%2C668&ssl=1)
१३ भदौ,काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत सहभागी थिए ।
माइतीघरमा प्रदर्शन भइरहँदा सिंहदरबारमा भने अर्थमन्त्री डा।प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।