Logo

१३ भदौ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन स्वाभाविक ढंगले कार्यान्वयन हुने बताउनुएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।

उहाँले एमसीसी कार्यान्वयनमा कुनै प्रश्न नभएको समेत बताउनुभयो। मन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीले बाहिर पनि बोल्नुभएको प्रसंग जोड्नुहुँदै भन्नुभयो, “प्रधानमन्त्रीले बाहिर बोल्नु पनि भएको छ। एमसीसीका पदाधिकारी जो यहाँ हुनुहुन्छ। अमेरिकी सरकार त हुने भइ नै हाल्यो। निरन्तर छलफल, संवाद त हुने नै भइहाल्यो। व्याख्यात्मक घोषणा त्यसैसँग टाइअप गरेर कार्यान्वयनमा जान्छ भन्ने सरकारको बुझाइ छ।”

यस विषयमा कुनै समस्या आए आवश्यकता अनुसार छलफल गरेर सम्बोधन गरिने उहाँको भनाइ छ।


सम्बन्धित समाचार