१५ भदा ,माडी। दिवाकर सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो माडी एफ एमको १३ औं वार्षिकोत्सव समारोहको समुद्घाटन गर्नको लागि नेपाल सरकारका उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ट भदौ २० गते माडी आउनुहुने भएको छ ।
सामुदायिक रेडियो माडी सञ्चालक समितिको आज बिहीबार सम्पन्न वैठकले वार्षिकोत्सव समारोहको प्रमुख अतिथिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ल्याउने निर्णय गरेको रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।
गृहमन्त्री भदौ २० गते आउने समय निर्धारण भएपछि भदौ १८ गते गर्ने भनिएको वार्षिकोत्सव समारोह भदौ २० गते गर्ने निर्णय गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
रेडियो माडीको १३ औं वार्षिकोत्सव समारोहको सन्दर्भमा भदौ १ गते वृक्षरोपण र साहित्यिक कार्यक्रम, भाद्र ५ गते विकास र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम भाद्र ७ गते खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी भाद्र ९ गते विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता, भाद्र ११ गते माडी नगर स्तरीय कृषक समूहहरुको हाजिरीजवाफ कार्यक्रम, भाद्र १३ गते माडी नगर स्तरीय महिला समूहहरुको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ भने भाद्र १६ गते शनिवार सञ्चारकर्मीहरुका लागि समाचार लेखन र रेडियो प्रविधि सिकाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
१३ औं वार्षिकोत्सवको अवसरमा रेडियो माडीले स्मारिका प्रकाशन पनि गर्ने भएको छ भने भदौ २० गते वार्षिकोत्सवको आयोजना गरिने कार्यक्रम निर्धारण गरिएको छ ।