Logo

१५ भदौ,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन्।

उनले सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन्। ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो।

उनले सो विधेयक चालु संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद् अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक–अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए।उनले भने, ‘पार्लियामेण्टमा हामी दर्ता गर्दैछौं।

क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ। त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेश गर्छौं। यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ।

’त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे।


सम्बन्धित समाचार