Logo

फाइल तस्बिर

१५ भदौ,वीरगञ्ज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पर्साको बहुदरमाई नगरपालिका–४ स्थित बहुअरी पिडारीमा बिराज ट्रेडर्सका भरत साह तेलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भरत बिराज ट्रेड्सका सञ्चालक अनिल साहका पिता हुन् । एलपी ग्याँसको सिलिन्डर हुँदाहुँदै पनि उपभोक्तालाई फिर्ता पठाएर ठगी गर्न खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी डकैला बहुअरीका प्रमुख प्रहरी सहायक निरीक्षक एवम् असई नगिना प्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँले भरतले आजदेखि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लागू नहुँदै उपभोक्तासँग वृद्धि भएको रकमसहित पैसा लिएको बताउनुभयो । पैसा लिए पनि उनले उपभोक्तालाई ग्याँस लिन भने १२ बजे पछि आउन भनेको असई यादवले बताउनुभयो । पक्राउ परेका उनलाई प्रहरी चौकी डकैला बहुअरीमै राखिएको उहाँको भनाइ छ ।

 


सम्बन्धित समाचार