Logo

१५ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार रुपैयाँको नक्कली नेपाली नोटसहित मधेस प्रदेशका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दिपेश दासलाई पक्राउ गरेको हो ।

प्रहरीले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट उनीहरुलाई पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका १५ चुरिया माई मन्दिर क्षेत्रस्थित सडकखण्डमा पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उनीहरूले नक्कली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका– २ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए ।

सोही बयानको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले तामाङलाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।

 

 


सम्बन्धित समाचार