Logo

१५ भदौ,वीरगञ्ज । छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा वीरगञ्जका एक जना प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छात्रालाई दुव्र्यवहार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा रहेको पिस जोन एकेडमीका प्रिन्सिपललाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल सर्लाहीको हरिपुर्वा नगरपालिका–४ डुमरिया बस्ने ३५ बर्षिय राकेश यादव रहेका छन् । उनले विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा माथि अभद्र व्यवहार गरेको हुदाँ नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

गत बुधबार पक्राउ परेका यादवलाई हिजो राति साढे नौ बजेको समयमा मुटुको समस्या भएपछि उपचारको लागि नारायणी अस्पतालमा पठाइएको तथा थप उपचारको लागि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर भएको गिरीले बताउनुभयो ।

घटना विषयमा थप अनुसन्धान भईरहेको डिएसपी गिरीको भनाइ छ ।


सम्बन्धित समाचार