Logo

१६ भदौ,वीरगञ्ज । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरू र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ ।

रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ । सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज, भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज, उदयपुरका ज्ञानेद्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरोमा सरुवा गरिएको छ ।

त्यस्तै पर्सामा डिएसपी ध्रुव कुमार श्रेष्ठ र कुमार विक्रम थापा आउनुुहुने भएको छ । पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक दीपक गिरीको वैतडी र निर्मल बुढाथोकीको प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा सरुवा भएको छ ।

सरुवा भएका एसपीहरू

सरुवा भएका डीएसपीहरू


सम्बन्धित समाचार