Logo

फाइल तस्बिर

१६ भदौ,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा हिंस्रक बन्दै आएको नरभक्षी पाटेबाघलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

बाघलाई आज बिहान करिव १० बजे ठोरी–५ बाघमोर्चा छघरे नजिक खोल्साबाट नियन्त्रणमा लिइएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनले जानकारी दिनुभयो । गत भदौ १३ गते उक्त बाघको आक्रमणबाट स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो ।

बाघले सोही दिन मृतक दोङको एक गोरुलाई पनि आक्रमण गरेको थियो । बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकोमा आज डार्ट गरिएको ठोरी–५ का वडा अध्यक्ष अष्ट बहादुर लोपचनले जानकारी दिनुभयो ।

बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो । भने सुनाखरी मध्यवर्ती उपभोक्ता समिति र स्थानीयले सहयोग गरेका थिए ।


सम्बन्धित समाचार