Logo

१६ भदौ,वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग उनको निवासमा भेटवार्ता गरेका छन् ।

आज बिहान भएको भेटवार्तामा देशमो समसामयीक राजनीतिक अवस्था, समाजवादी मोर्चाको कार्यक्रम लगायतको विषयमा छलफल भएको बताइएको छ । गौर घटनाको कारवाही प्रकृया सुरु गर्नमा सरकारले गरेको ढिलासुस्तीको बारेमा पनि अध्यक्ष साहले कुरा राखेका थिए ।

गौर घटना पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरे पनि त्यसलाई कार्यान्वयनमा ढिलासुस्ती गरेको बारेमा अध्यक्ष साहले गुनासो गरेका थिए ।


सम्बन्धित समाचार