Logo

१७ भदौ, काठमाडौं । पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं। २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आइतबार बिहान आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएको जानकारी दिए । दुई गाडी आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।

दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार