Logo

१७ भदौ, वीरगञ्ज। जनसेवा नामक सामाजिक संस्थाले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर निवासी सत्यप्रकाश चौहानलाई एक थान सिलाइ मेसिन सहयोग गरेको छ ।

सस्थांले चौहानको घरमै सिलाई मेसिन उपलब्ध गराएको हो । चौहान लामो समयदेखि मस्तिष्क रक्तस्रावबाट ग्रसित रहेको थाहा पाएपछि उनको परिवारलाई दैनिकीमा केहि राहत होस् भन्ने उद्देश्यले मेसिन उपलब्ध गराइएको सस्थांका संयोजक बृजेश्वर प्रसाद चौधरीले जानकारी दिनुभयो ।

सो अवसरमा स्थानीय नागेन्द्र चौहान, उमेश गिरी, रामबाबु चौहान, अमिरका साह लगायतको सहभागिता रहेको थियो । केहि समय अघि पनि सस्ंथाले चौहानलाई खाद्यन्न सामग्रीका लागि ४ हजार रुपैँया सहयोग गरेको थियो ।


सम्बन्धित समाचार