Logo

१७ भदौ,बारा । बाराको सिमरामा साहित्य समाज सिमराकोे पाँचौ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।

समाजका उपाध्यक्ष तथा जीतपुरसिमराका उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जितपुरसिमरा स्थित सिमरा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा स्रस्टाहरुले रचना वाचन समेत गरेका थिए ।

सिमराका करिब ३ दर्जन स्रस्टाहरुले कार्यक्रममा रचना वाचन गरेका हुन् । कार्यक्रममा उपप्रमुख अधिकारी सहित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, लोटस ऐकेडेमीका संचालक राम प्रसाद अधिकारी, सिमरा कलेजका कलेज प्रमुख शालिकराम अधिकारी लगाएत अन्य बिभिन्न साहित्य अनुरागीहरु र वालवालकिाहरुले समेत रचना वाचन गरेका थिए ।

कार्यक्रममा उद्घाटन सत्रपछीको वन्द सत्रले १५ सदस्यीय नयाँ समिति समेत चयन गरेको छ । राम प्रसाद अधिकारीको अध्यक्षतामा उपाध्यक्ष गिता शर्मा, सचिवमा नारायणदत्त पौडेल, कोषाध्यक्षमा सिता अधिकारी लगाएत अन्य सदस्यहरु गरी १५ सदस्यीय नयाँ समिती सर्वसम्मत चयन गरिएको हो ।


सम्बन्धित समाचार