Logo

१८ भदौ,काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक बस्नेछ। सो बैठक १ बजे बोलाइएको छ।

संघीय संसद भवन सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ।

साथै, सभामुख देबराज घिमिरेले ‘केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

 


सम्बन्धित समाचार