Logo

१८ भदौ,वीरगञ्ज । नेपाल र भारतबीचको खेल हेर्न वीरगञ्ज महानगरपालिका भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।

वीरगञ्ज महानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ ।

विद्यार्थीहरूमा क्रिकेट खेलप्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भइ गौरवान्चित महशुस गरेकोले नेपाल टिमको हौसला बढाउनको लागी सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

एसिया कप क्रिकेटमा आज नेपाल र भारत खेल्दै छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्कामा हुँदैछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।


सम्बन्धित समाचार