![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/ramchadra-paudel-n-puspakal-.png?fit=1102%2C600&ssl=1)
१८ भदौ,काठमाडौैं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।