Logo

१८ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डिएसपी दिपक गिरीको बिदाइ गरिएको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्जले आज उहाँको बिदाई गरेको हो । बिदाइ कार्यक्रममा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतनाले डिएसपी गिरीलाई मायाको चिन्हो र प्रशंसा पत्रसहित प्रदान गर्नुभएको थियो ।

गिरीको जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा गरिएको छ । उहाँ ०७९ सालको साउनमा जिल्ला प्रहरी कार्यालयमा आउनुभएको थियो ।


सम्बन्धित समाचार