Logo

१८ भदौ,सप्तरी । कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा मधेश प्रदेश सप्तरी क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव गोविन्द चौधरीको हत्या अभियोगमा अदालतबाट दोषी ठहर हुनुभएको थियो ।

सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीका अनुसार फैसलाको सम्पूर्ण अभिलेख सर्वोच्चले यसै साता जिल्ला प्रहरी कार्यालयलाई पठाउनेबित्तिकै सदस्य सिंहलाई सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।

चार वर्ष जेल सयाज तोकिएका सिंह प्रदेश सभामा तीनै तहको अदालतबाट दोषी ठहर गर्दै चार वर्षको जेल सजाय तोकिसकिएको व्यक्ति मधेश प्रदेश सभामा प्रदेश सांसदको रुपमा रहँदै आउनुभएको थियो ।

स्वतन्त्र सांसदका रुपमा निर्वाचित उहाँ २०७१ सालमै दोषी ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । उहाँलाई सप्तरी लिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको ईजलाशले २०७१ चैत ११ गते अनिरुद्रसहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको २०७५ भदौँ ९ गतेको संयुक्त इजलाशले उहाँको हकमा जिल्लाको फैसलालाई नै सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठ संयुक्त इजलासले २०७८ पुस १३ गते यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दिएको देखिन्छ । आरोपित यादवको निर्देशनमा साविकको बोदे बर्साइन गाविस –४ बाट वि.स. २०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाह –१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई नियन्त्रत्रणमा लिई नेङ्गडा गाविस –५ वैरिया टोलमा पुगाई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ ।

मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको अस्पताल अभिलेखले जनाएको छ । उक्त विषयमा जाहेरी परेपछि यादव अदालतमा बयान दिनसमेत नआई फरार हुनुभएको थियो ।

अदालतले दोषी ठहर गरे पनि प्रहरीले भने हालसम्म यादवलाई पक्राउ गरेको छैन । मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी जाहेरी दिनुभएको थियो ।

फैसलामा के छ ?

सप्तरी जिल्ला अदालतले अनिरुद्र सिंह यादवसहतिको विरुद्ध २०७१–१२–११ गतेको फैसलामा भनिएको छ, “प्रतिवादीउपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दावी पुग्न सक्दैन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिनेसम्मको कसुरमा सग्लन भएको देखिन आउँछ ।

यसरी प्रतिवादीको कसुर १७ (२) नम्बरसम्मको देखिदा सोही नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग पारिदिनेसम्मको कसुरमा कसुरको मात्राका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ ।

यस्तै, प्रतिबादीमध्येका ताराकान्त यादवले गरेको पुनराबेदनमा उच्च अदालत राजविराज इजलासले २०७५ भदौँ ९ गरेको फैसलाअनुसार रुकमिनि चौधरीले गरेको वकपत्र र जाहेरवालाको बकपत्र समेतबाट प्रतिवादी ताराकान्त यादव अरु किसिमको मुलतबी भएको पुष्टी भएको

देखिएको हुँदा प्रतिबादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (२) अनुसार ४ वर्ष कैद हुने ठहराएको सुरु सप्तरी जिल्ला अदालतको मिति २०७१–१२–११ को फैसला हद्सम्म मिलेको नदेखिदा केही उल्टीभई प्रतिवादी ताराकान्त यादवलाई ज्यानसम्बन्धीको १७ (३) अनुसार निज प्रतिवादीको कसुरको मात्राको आधारमा २ वर्ष कैद हुने र अरुको हकमा जिल्ला अदालतको फैसला मिलेको देखिदा सदर हुने ठहर छ ।

कानुनको पालना र वर्षौदेखि अन्याय अत्याचार व्याप्त समाजमा न्याय स्थापनाका निम्ती प्रदेश सभा सदस्य सिंहलाई प्रहरीले तत्काल पक्राउ गर्न स्थानीहरूको माग रहँदैआएको थियो ।


सम्बन्धित समाचार