Logo

१९ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साको विस्तारित बैठक सोमबार सम्पन्न भएको छ । पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेशको निबर्तमान मुख्यमन्त्री लालबाबु राउतको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि राउतले सम्बोधन गर्दै पार्टीको संगठन निर्माणको विकल्प नभएको बताउनुभएको छ । अहिले केही संघीयता बिरोधी तत्वले गौर घटनालाई मलजल गरेको प्रती पार्टी गम्भीर भएको बताउदै संघीयतामाथि प्रहार भइरहेकोले आमनेता कार्यकर्ता यसप्रति गम्भीर भएर लाग्ने पनि बताउनु भयो ।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको बैठकमा मधेस प्रदेशका अध्यक्ष पूर्व सांसद रामबाबु कुमार यादवले सरकारले १७ बर्ष पहिले भएको गैर घट्नालाई लिएर पीडितहरुसङ्ग गरेको सम्झौता प्रती आक्रोश व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टीका राजनीति समिति सदस्यद्वय बालकिशोर यादव, सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्यहरु फिरोज मन्सुर, रेखा साह, केन्द्रिय सल्लाहकार बिरेन्द्र यादव, खलिल मिया, मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, सुशील कुमार यादवले आफ्नो बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला इन्चार्ज अवधभुषण यादव, सह इन्चार्ज दिपक यादव, प्रदेश सदस्य एवं धोबिनी गाउँपालिकाा अध्यक्ष मदन चौहान, प्रदेश सदस्य महाराज यादव, अरसद कमाल, प्रदेश परिषद सदस्य बिरेन्द्र यादव, अशोक यादव, उपाध्यक्ष नागेन्द्र यादव, कार्यकारीणी सदस्य श्यामबाबु चौरासीया, पालिका अध्यक्षहरु प्रदीप जयसवाल, इग्रासन सा कल्वार, शेख खुर्सेद, रमेश साह, ओम श्रेष्ठ,

समाजवादी मुस्लिम संघ केन्द्रीय अध्यक्ष मैलाना नुरुलहोदा, समाजवादी मुस्लिम संघ जिल्ला अध्यक्ष सलिम अन्सारी, समाजवादी दलित महासघका जिल्ला अध्यक्ष नरेन्द्र हजरा, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाज बाबू राँकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनता समाजवादी पार्टी नेपालका क्षेत्रीय अध्यक्षहरु घनश्यामबाबू गुप्ता, कामेश्वर पण्डित, रामपुकार यादव, प्रदेश अध्यक्ष पवन सिंह, भिखर चौधरी, उपेन्द्र यादव, जनता समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षहरु रितेश गुप्ता, सन्जय पटेल, जय नारायण पटेल, अच्छेलाल महतो,कार्यपालिका सदस्य रामरेखा सिंह, हरिॐम गुप्ता लगायतले मन्त्ब्य व्यक्त गरेका थिए ।

पार्टी उपाध्यक्ष अजय चौरासीयाले स्वागत गरेको कार्यक्रमको सहजीकरण जिल्ला सचीव तबरेज अहमदले गर्नुभएको थियो ।


सम्बन्धित समाचार