Logo

१९ भदौ,वीरगञ्ज । वीरगन्जमा निशुल्क मधुमेह रोग परिक्षण शिविर आयोजना गरिएको छ । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा गिता मन्दिर परिसरमा शिविर आयोजना गरिएको हो ।

रेडक्रस सोसाइटी माईस्थान उपशाखाले आयोजना गरेको शिविरमा ३५ जना चेकजाँच गराएका छन् । शिविरमा डा.प्रमोद सरार्फ, डा. निरज सिंह, डा. दिप्ती यादव, डा. सागर सर्राफ लगायतका टोलीले सेवाग्राहीको निशुल्क चेकजाँच गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको अध्यक्षता तथा रेडक्रस सोसाइटी मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मियाँकोे प्रमुख आतिथ्यतामा शिविरको आयोजना गरिएको रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार