Logo

१९ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनुमति बिना सञ्चालनमा रहेका विद्यालय बन्द गराउने कार्यलाई निरन्तरता दिएको छ । महानगरले अवैध रुपले सञ्चालित थप दुई वटा कलेजमा सिलबन्दी गरेको हो ।

गत बुधबारदेखि नै अनुमति बिना सञ्चालनमा रहेका कलेजहरु महानगरद्वारा गठित नियमन समितिका पदाधिकारीहरु पुगेरै बन्द गर्दै आएका छन् । सोही बमोजिम महानगरले वीरगञ्ज–८ मा रहेको युनिभर्सल प्लस टु कलेज र प्रिसटोन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

यसअघि हिजोपनि समितिल वीरगञ्ज१६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेज र वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।

त्यसअघि पनि भदौ १३ महानगरपालिकाको टोलीले अनुमतिबिना सञ्चालन गरेको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बीज किड्समा पनि सिलबन्दी गरेको थियो ।

 


सम्बन्धित समाचार