Logo

१९ भदौ,जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामलाई सांगितिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनका लागि पहिलो पटक भूमि लोक महोत्सव हुने भएको छ ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले आउँदो कार्तिक १७ गते शुक्रबार भूमि लोक महोत्सवको आयोजना गरिने बताएका छन् ।

उनले भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना गरिने भएकाले यसको लागि आन्तरिक तयारीसमेत थालिएको बताए ।

सांगितिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक पहिचान बनाउन सफल भएका संस्थापक निर्देशक झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी तथा सक्रियतामा आयोजना हुन लागेको छ ।

यस लोक महोत्सवमा ख्यातिप्राप्त संगित साधकहरुलाई समेत जनकपुरधाममा भेला गराइने छ । भने यस महोत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने गरी विभिन्न लोक झाँकी प्रदर्शन गरिने छ ।

यससँगै विभिन्न स्टलहरुसमेत राखिने आयोजकले जनाएको छ ।
यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका सांगितिक प्रस्तुति हुने भएकाले भव्यताका साथ लामो समय लिएर आन्तरिक तयारीमा जुटेको उनले बताए ।

उनले महोत्सवमा मिथिला क्षेत्रको गीत–संगीत तथा साधकहरुको प्रवद्र्धन गर्दै लोपोन्मुख परम्परागत सांगितिक विधाको संरक्षणमा समेत महत्वपुर्ण योगदान पुर्‍याउने उद्देश्य रहेको स्पष्ट पारे ।


सम्बन्धित समाचार