Logo

१९ भदौ,जनकपुर । तराई–मधेशमा धर्म परिवर्तनको व्यापक विरोध भइरहेको बेला जनकपुरधाममा क्रिश्चियन धर्मको प्रचारप्रसार गरी हिन्दु धर्मालम्बीहरुलाई धर्म परिवर्तन गराउन खोजेको आरोपमा हिन्दु सम्राट सेनाले दुई जनालाई कालोमोसो दलेको छ ।

क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिवर्तन गराउन खोजेको आरोपमा हिन्दु सम्राटको एक समुहले एक महिला र एक पुरुषलाई कालोमोसो दलेको हो ।

जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गरिरहेको बेला ति दुवैजनालाई पक्राउ गरी हिन्दु सम्राट सेनाका अमित राउतले कालोमोसो दलेको बताएका छन् ।

कालोमोसो दलेर दुवै जनालाई प्रहरीमा बुझाएको हिन्दु सम्राट सेनाका अगुवा मञ्जु मण्डलले बताइन् ।
उनीहरु जिल्ला प्रहरी कार्यालय धनुषामा रहेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जनाएका छन् ।


सम्बन्धित समाचार