Logo

१९ भदौ,वीरगञ्ज । वालिकालाई सामूहिक करणी गरेको घटनामा जिल्ला सरकारी वकिल कार्यालय बाराले पीडितलाई क्षतिपूर्ति दिएको छ । बारा जिल्ला अदालतबाट भएको फैसलाका आधारमा वालिकालाई पीडित राहत कोषबाट २ लाख ५० हजार क्षतिपूर्ति उपलब्ध गराइएको हो ।

जबरजस्ती करणी घटनामा राज्य कोषबाट पीडितलाई क्षतिपूर्ति दिन सक्ने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण यसअघि कार्यान्वयनमा आउन सकेको थिएन । जिल्ला न्यायाधिवक्ता कैलाश खत्रीले पीडितलाई क्षतिपूर्ति दिन सक्ने कानुनी व्यवस्था भए पनि विगतमा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।

पीडितले दायर गरेको अभियोग पत्रका जिल्ला अदालत बाराले सरकारी वकिल कार्यालय मार्फत क्षतिपूर्ति उपलब्ध गराउन पत्राचार गरेको थियो । अदालतको परिपत्रका आधारमा सरकारी वकिल कार्यालयले साउन १५ गते क्षतिपूर्ति रकम उपलब्ध गराएको हो ।

गत ०७९ साल वैशाख २० गते जीतपुरसिमरा उपमहानगरपालिका– १ की १२ वर्षीय वालिकालाई घरमा खाना पकाइरहेको अवस्थामा सिलिप पासवान सहित ४ जनाले हुलास स्टिल पछाडि रहेको थानिमाई सामुदायिक जङ्गलमा लगेर पालैपालो जबरजस्ती करणी गरेको बारा जिल्ला अदालतको फैसलामा उल्लेख छ । जबरजस्ती करणीको घटनामा पासवानसँगै मानबहादुर लामा, नरसिंह भारती गिरी र अर्का एक जना वालक रहेका छन् ।

घटनामा प्रतिवादी मानबहादुर लामा, नरसिंह भारती, सिलिप पासवानबाट ६–६ लाख र वालकको हकमा ५० हजार जरिवाना भराइने उल्लेख छ ।


सम्बन्धित समाचार