Logo

२० भदौ,वीरगञ्ज । प्रहरीले प्रतिबिन्धत गाँजासहित एक युवतीलाई बाराबाट पक्राउ गरेको छ । प्रहरीले गाँजासहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ नयाँ बस्ती बस्ने २८ बर्षिय अन्जली थिङलाई पक्राउ गरेको हो ।

जितपुर सिमरा–२२ स्थित बगरी खोला नजिकै चेकजाँचको क्रममा उनलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीले नौबिछियाबाट अमलेखगंज तर्फ आउदै गरेको ना ३३ प ५७४८ नम्बरको स्कुटीमा चेकजाच गर्दा बोरामा राखिएको अवस्थामा ८ किलो ४६८ ग्राम गाँजा फेला बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजासहित पक्राउ परेकी थिङलाई अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको न्यौपानेले बताए ।


सम्बन्धित समाचार