Logo

२० भदौ,वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार सूचीमा रहेका एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका–१ बलरीखोरका ४६ वर्षीय ज्योतिकलाल राउत छन् ।

उनलाई घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घरमै रहेका राउतलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय गौरले सार्वजनिक गरेको छ । २०६७ कात्तिक १७ को कर्तव्य ज्यान मुद्दा उनी फरार रहेको प्रहरीले जनाएको छ ।

उनले गाउँकै स्थानीयको हत्या गरेको आरोप भए पनि प्रहरीले राउतले कसको हत्या गरेको भन्ने खुलाएको छैन ।

एक महिनाअघि प्रहरीले जिल्ला अदालतको फैसला कार्यान्वयनअन्तर्गत कैद तथा जरिवाना सजाय भए पनि फरार रहेका ६ जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार