Logo

२० भदौ,वीरगञ्ज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करी, कालोबजारी सँगसँगै वर्तमान सरकार अगाडि जान नसक्ने बताउनुभएको छ । सामूदायिक रेडियो माडीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री श्रेष्ठले तस्करीलाई कारबाही गर्ने सम्बन्धमा प्रश्न उठे पनि मूलभूत रूपमा कुनै सम्झौता नहुने जिकिर गर्नुभएको छ । विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरूलाई सरकारले कारबाही गरेरै छोड्ने उहाँको भनाइ छ । सामाजिक न्यायसहितको आर्थिक समृद्धि नभएसम्म प्राप्त उपलब्धिको रक्षा हुन नसक्ने उहाँले जानकारी दिनुभयो ।

नागरिकलाई अनागरिक बनाएर विदेशमा पठाउने कार्यमा राज्यका पदाधिकारी तथा प्रशासनका अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याइछाड्ने गृहमन्त्री श्रेष्ठको तर्क छ ।


सम्बन्धित समाचार