Logo

२० भदौ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ पकडिया बडनिहार बजारमा श्रीकृष्ण जन्माष्टमी मेला सम्पन्न भएको छ । मेला २०३९ साल देखि लाग्दै आईरहेकोमा यसवर्ष धुमधामका साथ मेला सम्पन्न भएको हो ।

मेलामा नेपाल तथा भारतका चर्चित पहलवानहरुले कुस्ती प्रदर्शन गरेका थिए । कुस्तीको उद्धघाटन प्रमुख अतिथि पर्सागढिका मेयर गोकर्ण पाठकले रिबन काटेर गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेयर पाठकले कुस्ती मधेसको शान र मान भएको उल्लेख गर्नुभयो ।

मेला समितिका अध्यक्ष श्यामलाल चौधरीको अध्यक्षतामा भएको कुस्ती प्रतियोगिताका विशिष्ठ अतिथि पर्सागढि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सुकमान तमाङ्ग, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्स्पेक्टर रामराजा केसरी लगायतको उपस्थिति रहेको थियो ।एकदिनको मेलामा विभिन्न खेलतमासाहरु देखाइएको मेला समितिका सचिब गंगा आचार्यले बताउनुभयो ।


सम्बन्धित समाचार