Logo

२१ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सत्यम पब्लिक कलेजमा सिलबन्दी गरेको छ । वीरगञ्ज – ९ स्थित सत्यम पब्लिक कलेजले अनुमति नै नलिई कक्षा ११ र १२ सञ्चलान् गरिरहेको पाइएपछि सिलबन्दी गरिएको हो ।

महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवको नेतृत्वमा कलेजमा पुगेको अनुगमन टोलीले सिलबन्दी गरेको हो ।

वीरगन्ज पानीटंकीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम पब्लिक कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार