Logo

फाइल तस्बिर

२१ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित सडकमा ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट भारत घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट यादव गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि नारायणी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शब नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक वीरगञ्ज १२ मुर्लीका अशोक महतोलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताउनुभयो ।


सम्बन्धित समाचार