![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/WhatsApp-Image-2023-09-07-at-1.52.50-PM.jpeg?fit=1080%2C487&ssl=1)
२१ भदौ,जनकपुरधाम । नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल धनुषा र नेपाल विद्यार्थी संघ धनुषाले संयूक्तरुपमा घटनाको विरोधमा जनकपुरधाममा आन्दोलन गरेका छन् ।
तरुण दल र नेविसंघका कार्यकर्ताहरुले जनकपुरधामको रामानन्द चोकमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरुले महामन्त्री यादवमाथि भएको खुकुरी प्रहार गरी भएको सांघातिक आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।
खुकुरी प्रहार गर्ने अपराधीलाई कडा कारबाही गर, गृहमन्त्री मुर्दावाद, लोकतन्त्र विरोधी होसियारलगायतका नारावाजीहरुसमेत उनीहरुले गरेका छन् ।बुधवार कांग्रेसका सहमहामन्त्री यादवमाथि आफुलाई राजावादी बताउनेले योजनावद्धढंगले खुकुरी प्रहार गरेका थिए ।
उनको ट्रमा सेन्टरको आइसियूमा उपचा भइरहेको छ भने उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएको छ ।