Logo

२१ भदौ,वीरगञ्ज । प्रहरीले बिल बिजक भन्दा बढी केमिकल्स तथा खुद्रा सामाग्री लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक स्थित सडकखण्डबाट बा.प्रदेश ०१–००६ ख २७३१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

केमिकल्स तथा खुद्रा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौँतर्फ जादैँ गरेको मालवाहक ट्रकलाई रोकी प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा बिलविजक भन्दा बढि मालसामान फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

ट्रकमा ४१ लाख ५२ हजार ३ सय १९ रुपैयाँ बराबरको केमिकल्स तथा खुद्रा सामाग्रीहरू फेला परेको उनले बताए ।

बरामद गरिएको सामान सहितको ट्रकलाई आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार