Logo

२२ भदौ, वीरगञ्ज । अवैध सुन प्रकरणमा लामोसयम देखि संलग्न रहदै आएका बाराका व्यवसायी शिवकुमार सरार्फ पक्राउ परेका छन् । ६० किलो सुन प्रकरणमा सरार्फ पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।

शिव कुमार सरार्फ बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् । त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए ।

पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । प्रहरीले वीरगञ्ज देखि इटहरी सम्मका करिव ३ दर्जन कारोवारीलाई निगरानीमा राखेको छ ।

कलैयाका व्यापारी शिवकुमार सरार्फ पक्राउ परेपछि वीरगञ्जमा सुनचाँदीको अवैध कारोवारमा संलग्नहरुमा खैला वैला मच्चिएको छ । वीरगञ्ज, कलैया, गौर, मंलगवा, जलेश्वर, जनकपुर, लाहान, विराटनगर र इटहरीमा रहेका करिव तीन दर्जन सुनचादीको कारोवारमा संलग्न तश्करहरु भागाभाग भएको छ ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो। त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।


सम्बन्धित समाचार