Logo

२२ भदौ,सिम्रौनगढ। बाराको सिम्रौनगढमा एसएसबी जवानको गोली हानी हत्या गरिएको छ । भारतको पुर्वी चम्पारण लालबकैयाको नयकाटोला सिमावर्ती नजिक एसएसबी जवान बगहा गाउँ निवासी धर्मेन्द्र कुमारको गोली हानी हत्या गरिएको हो ।

आमाको उपचार गराएर मोतिहारीबाट घर फर्किने क्रममा लालबकैया नयकाटोलास्थित बजरङ्गबलीको मन्दिर नजिकै मोटरसाईकलमा सवार अपराधीहरुले धर्मेन्द्रसँग रकम माग गरेका थिए । तर आफूसँग पैसा नभएको भन्दै प्रतिकार गरेपछि उनलाई अपराधी समूहले गोली चलाएको बताइएको छ ।

गोली प्रहार गरि गम्भिर घाइते भएका उनलाई उपचारको लागि मोतिहारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चिकित्सकको भनाइ छ ।
धर्मेन्द्रको हत्या गरेको आरोपमा सिकरहना प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । अन्यको खोजी जारी रहेको सिकरहनाका डिएसपी राकेश कुमारले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार