Logo

२२ भदौ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ३ को वडा कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गतिशील व्यापार समिति पर्सागढि–३ बडनिहारको आयोजना र पर्सागढि नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा १० जना महिला सहित १ सय २ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्धघाटन गर्दै नगरप्रमुख गोकर्ण पाठकले रक्तदान गर्नाले कसैले जीवनदान पाउने भएकाले यो एक पूण्यको काम भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नगरबासीलाई उपचार्थ निशुल्क रगतको व्यवस्था समेत गरिएको छ ।

रक्तदान कार्यक्रममा नगर उपप्रमुख पुजा चौधरी, वडाध्यक्ष सुकमान तामाङ्ग, कार्यपालिका सदस्य सिता लामा, पर्सागढिका स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल, गतिशील व्यापार समितिका अध्यक्ष टिकाराम पौडेल लगायतको उपस्थिती थियो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिकले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

 


सम्बन्धित समाचार