Logo

२२ भदौ, वीरगञ्ज । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको बाजुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको शुक्रवार सरूवा गरेको छ।

इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सिडिओ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय कार्यालय भोजपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा डडेल्धुरामा सरूवा गरिएको मन्त्रालयले जनाएको छ।

कसको कहाँ सरुवा भयो ?


सम्बन्धित समाचार