Logo

२४ भदौ, वीरगञ्ज । नेपाल औषधी व्यवसायी सङ्घ (एनसीडीए) को अध्यक्षमा प्रकाश कुमार खण्डेलवाल विजयी भएका छन । वीरगन्जमा भएको १४ औं अधिवेशनको निर्वाचनबाट खण्डेलवाल अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल सर्वाधिक १४१ मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै ल्याएका छन ।

त्यस्तै आयातकर्ता तर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा १११, उपाध्यक्ष (थोक) टंक प्रसाद अधिकारी १३१, खुद्रातर्फ यामनाथ पौडेल १०७ मतले विजयी भएका छन् । त्यसैगरी महासचिवमा श्रीधर खनाल ९७ मत ल्याएर विजयी भएका छन ।

कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत ल्याएर विजयी भए भने सचिवमा कृष्णा बहादुर रोकाया १०७ मत ल्याएर विजयी भएका छन् । । त्यसैगरी खुल्ला सदस्यहरुमा बद्री प्रसाद खनाल १३१, भुवनेश्वर बुढा मगर ९५, कञ्चन शर्मा खतिवडा १०५ र सरला कुमारी विष्ट १३५ मतले निर्वाचित भएको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।

उनका अनुसार यसअघि उपकोषाध्यक्षमा कविराज कडेंल र आयात, थोक, खुद्रा तथा महिलातर्फको केन्द्रीय केन्द्रिय सदस्य निरविरोध निर्वाचित भएका थिए । निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए ।

नेपाल औषधी व्यवसायी संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन भएको हो । यसअघि भदौ २२ गते उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशनको उदघाटन गरेका थिए ।


सम्बन्धित समाचार