Logo

२४ भदौ,वीरगञ्ज । रौतहटमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।

रौतहटको बौधिमाइ नगरपालिका–२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेका उहाँको भनाइ छ ।

मृतक दुबै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता यादवले बताउनुभयो ।

 


सम्बन्धित समाचार