Logo

२४ भदौ, पर्साको पकाहामैनपुर गाउँपालिकाको कार्यालयबाट सामानहरु चोरी गरेको आरोपमा जिन्सी शाखाका प्रमुख हरिमोहन महतो सहित त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारी पदमुक्त भएका छन् ।

गएको भाद्र २१ गते राती ८ बजेको समयमा जिन्सी शाखा प्रमुख महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएको स्थानियहरुले बताएका थिए ।

घटना बाहिरिएपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताले ढाकछोप गरी आफ्नो निकट कार्यालय सहयोगीलाई बचाउन खोजेपनि प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस कार्यमा सहयोग तथा संग्लन रहेका सम्पूर्ण कर्मचारीलाई पदमुक्त गर्नुभएको हो ।

साथै घटनाको विषयमा आज बैठक बसी न्यायिक समिति संयोजकको अध्यक्षतामा छानबिन कमिटी गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्णय गरिएको अधिकृत कुशवाहा बताउनुभयो ।


सम्बन्धित समाचार