Logo

२४ भदौ, वीरगञ्ज । कर्तब्य ज्यान मुद्दामा प्रहरीहरु नै बकपत्रमा उपस्थित नभएको पिडीतले गुनासो गरेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका २ सिसियाढी बैरिया टोलका कलामुदिन अन्सारीले आफुले आफनो छोरीको हत्या भएको आरोपमा अदालतमा दिएको जाहेरीमा बकपत्रको लाथि चारजना प्रहरीहरु बिगत दुई पटक अदालतबाट आदेश बकपत्रमा हुदा पनि उपस्थित नभएको गुनासो गरेका हुन् ।

अदालतको आदेश पत्र साथमा लिएर रेसखवरको कार्यालयमा आएका अन्सारीले आफुले दर्ता गराएको जाहेरीमा बकपत्रको लागि घटनाको लाश मुचुल्का गर्ने नेपाल प्रहरीका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, प्रहरी जवानहरु बिरेन्द्र कुमार चौधरी, राकेश प्रसाद चौधरी र सुशिला नेपाली बकपत्रको लागि अदालतमा उपस्थित नहुने गरेको गुनासो गर्नुभएको हो ।

उहाँले मुदाको सुनुवाई गर्दै पर्सा जिल्ला अदालतले चारैजना प्रहरी अधिकारीहरुलाई अगामी भदौ ३१ गतेका दिन बकपत्रमा आउन आदेश गरेको छ । तर यसअघि पनि दुई पटक अदालतले बकपत्रमा आउन आदेश गर्दा पनि ती प्रहरी अधिकारीहरु उपस्थित नभएको पिडित अन्सारीको भनाई छ ।

अदालतले बकपत्रमा बोलाउदा पनि प्रहरीहरु उपस्थित नभएकाले मुदा कमजोर भईरहेकोले अबको बकपत्रको मितिमा उपस्थित भईदिन ती प्रहरी अधिकारीहरुलाई अन्सारीले आग्रह गर्नु भएको छ । प्रहरीबाट कतव्र्य ज्यान मुद्धामा सहयोग नपाउदा न्याय माग्न कहाँ जाने आफूले ठाउँ फेला नपारेको अंसारीको भनाई छ ।

०७८ साल बैशाख ३ गतेका दिन आफनी छोरी रबिना खातुनलाई उनकै श्रीमान वीरगञ्ज १७ बस्ने सहाजिम अन्सारी लगायतले हत्या गरेको भन्दै अन्सारीले पर्सा जिल्ला अदालतमा कर्तब्य ज्यान मुदा दर्ता गराएको बताए । तर बिगत दुई बर्षदेखि न्यायको लागि भौतारिरहेको उहाको दुखेसो छ ।
पर्साका प्रहरी उपरिक्षक कोमल शाहले अदालतको पत्र प्राप्त गरेपछि प्रहरीले वकपत्रको लागि जाने गरेको बताउनु भयो । उहाँले यो घटनामा के भएको रहेछ मैले बुझ्ने र तोकिएको मितिमा प्रहरीलाई वकपत्रको लागि पठाउने जानकारी दिनु भयो ।


सम्बन्धित समाचार