Logo

२४ भदौ, सर्लाही । सर्लाहीको बरहथवामा भएको मोटरसाईकल दुर्घटनामा एक पत्रकारको ज्यान गएको छ ।

शनिवार साझ बरहथवा–मधुवनी सडक अन्तरगत बरहथवा नगरपालिका–८, टाँडी स्थित गर्जन्हा पुलमा भएको मोटरसाईकल दुर्घटना एक युवकको ज्यान गएको हो । दुर्घटनामा धन्कौल गाउँपालिका–४, महिनाथपुर निवासी २१ बर्षिय अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएका छ ।

केही समय यता यादव पत्रकारीमा सकृय रहदै आएका थिए । शनिवार पनि रिर्पोटिङकै क्रममा बागमतीबाट फर्कदै गर्दा उनी सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट आउदै गरेको भारतिय नम्बर प्लेट बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाईकले ठक्कर दिएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उन्लाई न्युरो अस्पताल कलैया पुर्याईएको थियो ।

पत्रकार यादवको उपचारकै क्रममा आईतवार दिउसो वीरगञ्ज स्थित एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो । उनी सवार मोटरसाईकल चालक धन्कौल–४, महिनाथपुर निवासी २७ बर्षका रुपेश यादव र ८९८८ नम्बरको मोटरसाईकलका चालक ३७ बर्षका रामजनक चौधरी सामान्य घाईते भएका थिए । उनीहरु दुवै जना स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर फर्किसकेका छन् ।

स्थानीय रेडियो स्टेशनबाट पत्रकारिता सुरु गरेका यादव कुशल क्रिकेट कमेन्टेटरका रुपमा समेत स्थानीय स्तरमा परिचित थिए । उनी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका कार्यसमिति सदस्य समेत हुन् । पत्रकार यादव केही समय देखी सर्लाहीबाट मधेश पार्टी अनलाईनमा काम गरिरहेका थिए ।

पत्रकार यादवको असामयिक निधनले संगठनसगँ सिंगो समाजलाई क्षती पुगेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष श्रवण थापाले बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले मृतक यादव प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै, शोकाकुल परिवारजन प्रति सम्बेदना प्रकट गरेको छ । साथै घटनाको सत्यतथ्य छानविन गरी पिडितलाई न्याय दिन समेत आग्रह गरेको छ ।


सम्बन्धित समाचार