Logo

फाइल तस्बिर

२५ भदौ,पचगावाँ ।पर्साबाट ११ क्यफिट अवैध काचो सालको गोलिया सहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.२ घुसुकपुर बस्न बिन्दा राय थारु, खेदारु दास थारु र प्रेम दास थारु रहेका छन् ।

विशेष सूचनाको आधारमा पटेर्वासुगौली गाउँपालिका वडा नं. १ रामभौडी भाथा टोलबाट हाते आराबाट चिरान गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका तीनैजनालाई डिभिजन वन कार्यालय पर्सा पठाईएको सब डिभिजन वन कार्यालयका रेन्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार