Logo

२५ भदौ,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको ठाकुरराम कलेज पछाडी रहेको एक गोदाममा छापा हानेको छ । वीरगञ्ज–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिक बजरंग टोलमा रहेको एक गोदाममा छापा हानेको हो ।

भन्सार छलेर अवैध रुपले ल्याइएको काजु भण्डारण गरि राखिएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको १३ नम्बर गणको टोलीले गोदाममा छापामारी गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक देबेन्द्र सिंह र वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा खटिएको संयुक्त टोलीले छापा हानेको हो ।

स्थानिय मगनी राउतको घरमा छापा हान्दा भारतबाट लुकाइछिपाई ल्याई अवैध रुपले राखिएको ७ लाख २० हजार मूल्य बराबरको काजु बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक देबेन्द्र सिंहले जानकारी दिनुभयो ।

बरामद काजुलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताउनुभयो । काजु कसको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।


सम्बन्धित समाचार