![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/subash9_SYk1NR6BlJ.jpg?fit=1024%2C683&ssl=1)
२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव बुधबारसम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।
श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको एमाले जनाएको छ । ७१ वर्षीय नेम्बाङको सोमबार राति करिब २ बजे ह्दयघातबाट निधन भएको थियो।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसो १२ बजेपछि श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिने छ।
नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने एमालेले जनाएको छ। नेम्वाङको निधन भएको खबर सुनेपछि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता शिक्षण अस्पताल पुगिरहेका छन्।
नेम्वाङको पार्थिव शरीर अस्पतालबाट निकालेर एमाले पार्टी कार्यालय च्यासल पुर्याउने तयारी छ।
अस्पतालमा नेता कार्यकर्ताकाे भिड लागेकाे छ