Logo

फइल तस्विर

२६ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा राजमार्गअवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

‘लोडर’ र ‘एक्साभेटर’ ले पहिरो पन्छाउने काम गरिरहेको छ । केही समय पछि सडक एकतर्फी खुलाउनेगरी काम भइरहेको प्रहरी प्रमुख तामाङले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।


सम्बन्धित समाचार