Logo

२७ भदौ,काठमाडौं । लामो समयदेखि अड्किएको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अन्ततः संसदमा दर्ता भएको छ। उक्त विधेयक आज(बुधबार) प्रतिनिधि सभामा दर्ता भएको हो।

प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक हिजो नै संसदमा आइपुगेको थियो। तर, सबै प्रकृया नपुगेको दर्ता भने हुन सकेन। उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसदमा पेस गर्न स्वीकृति दिएको थियो।

तर सदन नपुग्दै विधेयकका दफा–उपदफामा समेटिएका विभिन्न प्रावधान सामाजिक सञ्जालबाट छरपस्ट भयो र सँगसँगै विधेयकको विरोध तथा विभिन्न आन्दोलन सुरू भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले परिमार्जन गरेपछि मात्रै संसदमा दर्ता गर्ने प्रतिबद्धता जनाएका थिए।


सम्बन्धित समाचार