Logo

२७ भदौ,जनकपुर । धनुषाको अत्यधिक भिडभाड हुने कार्यालयहरुमा भुमिसुधार तथा मालपोत कार्यालय पनि एक हो । तर यस कार्यालयमा कर्मचारीहरु नहुँदा सेवाग्राहीलाई निकै सास्ती खेप्नु परिरहेको छ ।
मधेश प्रदेशको राजधानी स्थित भुमिसुधार तथा मालपोत कार्यालय धनुषामा दिनहुँ सेवाग्राहीको विहानै देखि बेलुकीसम्म भिड लाग्ने गरेको हुन्छ ।

तर कामका लागि आएका सेवाग्राहीहरु बाध्य भएर निरस हुँदै रित्तै हात फर्किने गरेका छन् ।दैनिक जसो करिब दुई दर्जन भन्दा बढी सेवाग्रहीहरु अदालतको फैसालाद्वारा गरिने दाखा, मिलापत्र, संशोधन, हकसफालगायतका कामहरु लिएर आउने गरेका छन् । तर कार्यालयमा कर्मचारी नहुँदा र भएका कर्मचारीले समेत बेवास्ता गर्दा एउटै कामका लागि महिनाँै धाउनु परेको सेवाग्रहीहरु बताउँछन् ।

सेवाग्राही नितिश राज यादबले करिब एक सातादेखि जग्गाको लालपुर्जा लिनको लागि आएपनि दिनभर कुराउने र आजभोली भनेर सधैँ कुदाउने गरेको दुखेसो पोखे ।
भुमिसुधार तथा मालपोत कार्यालय धनुषाको मुद्दा शाखामा दुई जना कर्मचारी छन् । मुद्दा शाखामा विशेषज्ञ कर्मचारी नहुँदा कामको चाप दिनानुदिन बढि नै रहेको छ । यस कार्यालयमा काम चलाउ कर्मचारी मात्र भएकाले काममा ढिलाई हुने गरेको र मुद्दा शाखाको मात्र गुनासो आएको निमित्त कार्यालय प्रमुख सिंह बहादुर स्याङ्गाबाको भनाइ छ ।

भुमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सिंह बहादुर स्याङ्गाबाले अधिकांश गुनासाहरु मुद्दा फाँटको आउने गरेको छ । निमित्त कार्यालय प्रमुख सिंहले भने‘ मुद्दा फाँट हेर्ने दुई जना मध्ये बबलु कापर म आएदेखि नै अधिकांश समय विदामा रहेको देखियो, त्यसपछि सम्बन्धित फाँटका लागि विशेषज्ञसमेत आवश्यक हुन्छ, त्योपनि नभएर गुनासाहरु आउने गरेको छ ।’

यस कार्यालयको अधिकांश फाँटमा समयमा कर्मचारी नआउँदा र आएका कर्मचारीहरुलेसमेत समयमा सेवाग्रहीहरुको काम नगरिदिँदा व्यापक गुनासोहरु आउने गरेका छन् । एकै पटक कार्यालयको फाँट नै खाली भएपछि सेवाग्राहीहरुसमेत मार्का परेको स्वीकार गर्दै निमित्त प्रमुख स्याङ्गाबाले विशेषज्ञ कर्मचारीका लागि केन्द्रमा पत्राचार गरेको बताए ।

 

 

 


सम्बन्धित समाचार